|
OFFICIAL FACEBOOK PAGE OF RADIO MADI
|
|
CONTACTS & ADDRESS OF RADIO MADI
|
Radio Madi Building, Diwakar Chowk Basantapur Bajar, Madi Chitwan (Nepal)
Phone/Cell Contacts Reception : (+977) 056-693616 Account : 056-693616, 98550-63245 Marketing : 9845-368970, 98550-65690 News : 056-693616, 9845434839, 9845623210 Studio On Air : (+977) 056-69-39-89 SMS : SRM<space>info <space>Compose Your Text Message and Send to 7799
Social Networking Sites Facebook Page: facebook.com/radiomadi Twitter Account: twitter.com/madifm Youtube Channel: youtube.com/radiomadi Meropost Account: meropost.com/radiomadi Skype Username: radiomadi
E-mail Contacts For News & Reporting : madifm@gmail.com Ad. & Official Purpose : info@radiomadi.org.np
|
|
|
ONLINE MESSAGE, REQUEST & DEDICATION
|
|
|
|
|
LOCAL ARTISTS SONGS & RADIO PROGRAM ARCHIVE DOWNLOAD
|
चितवनको माडी क्षेत्रले संगित बिधामा थुप्रै राष्ट्रिय प्रतिभा र हस्तीहरु जन्माएको छ । जनकवि केशरी धर्मराज थापाबाट सुरुवात हुने यहाँको रेकर्डेड संगितयात्रा लोक गायन क्षेत्रमा बुद्धी विश्वकर्मा, कृष्ण सुनार, राजु विश्वकर्मा, भुमिका सदाशंकर, लोक बहादुर क्षेत्री, राम बहादुर घले हुँदै आधुनिक गायनको फाँटमा सिर्जना पौडेल तथा पप क्षेत्रमा विकास पाण्डेसम्म पुगेको छ । मुख्यतः संगितविधामा रमाएका माडीका प्रतिभाहरुका केहि गीतिसिर्जनाहरु सुन्न वा डाउनलोड गर्न मिल्नेगरी यहाँ राखिएको छ । त्यसैगरी यहाँ रेडियो माडीले उत्पादन गरी प्रसारण गरेका समाचारमुलक, चेतनामुलक, मनोरञ्जनात्मक तथा साहित्यिक एवं अन्य कार्यक्रमहरु डाउनलोड गर्न सकिने लिंकहरु पनि छन् ।
|
|
| PROGRAM - MATO RA MUKTI |
PROGRAM - SUBHA RATRI |
माटो र मुक्ति विशेषतः राष्ट्रियता र राष्ट्रप्रेमको भावनाले ओतप्रोत कार्यक्रम हो । यस कार्यक्रममा देशका लागि योगदान पुर्याउने व्यक्तिका बारेमा चर्चा गरिनुका साथै राष्ट्र र राष्ट्रियताका विविध विषयमा जानकारी दिने गरिन्छ । हरेक साता सोमवार, बुधवार र शुक्रवार विहान ८:०० देखि ८:३० बजेसम्म दीपा भुसाल एवं गीता लामिछानेद्वारा सञ्चालन हुने यस कार्यक्रमका कतिपय अडियो फाइलहरु सुन्न वा डाउनलोड गरि संग्रह गर्न यहाँ क्लिक गर्नुहोस् ।
|
कार्यक्रम शुभरात्री रेडियो माडीमा हरेक मंगलबार रात्रीकालिन ९:१५ देखि १०:०० सम्म प्रसारण हुने भावनापरक साँगितिक कार्यक्रम हो । रेडियो माडीसंगै मधेश जनआवाज एफ.एम. बाट समेत प्रसारित हुने यो कार्यक्रमका सञ्चालिका अपेक्षा चौधरी हुन । हिन्दी भाषाका सदावहार गीतहरु बज्ने यस कार्यक्रममा श्रोतारुका भावना र सन्देशहरु बचन गरिन्छ । कार्यक्रमका कतिपय अडियो फाइलहरु सुन्न वा डाउनलोड गरि संग्रह गर्नु यहाँ क्लिक गर्नुहोस् ।
|
| PROGRAM - CINE PARDA |
PROGRAM - GHAR SANSAAR
|
कार्यक्रम सिनेपर्दा मुख्यतः नेपाली चलचित्र क्षेत्र र चलचित्रकर्मीहरुमा समर्पित कार्यक्रम हो । यस कार्यक्रममा समकालिन नेपाली चलचित्रका गतिविधी, आरोह अवरोह तथा नयाँ रिलिजका सामग्रीहरु प्रस्तुत गरिन्छन् । नेपाली चलचित्रकर्मीहरुको जीवनयात्रा तथा नयाँ पुराना नेपाली चलचित्रका गीतसंगितहरु समेत प्रस्तुत गरिने यस कार्यक्रम रेडियो माडीमा हरेक विहिवार विहान ८:३० देखि ९ बजेसम्म प्रस्तुत गरिन्छ । यस कार्यक्रमका कतिपय अडियो फाइलहरु सुन्न वा डाउनलोड गरि संग्रह गर्न यहाँ क्लिक गर्नुहोस् ।
|
कार्यक्रम घर संसार एक पारिवारिक कार्यक्रम हो जसमा उदाहरणीय पती पत्नी वा दम्पत्तीलाई स्टुडियोमा ल्याई उनीहरुको दाम्पत्य जीवन भोगाइका बारेमा कुराकानी गरिन्छ । हरेक आइतवार विहान ८:३० देखि ९ सम्म रेडियो माडीमा प्रसारण हुने यस कार्यक्रममार्फत नवविवाहित, अविवाहित वा लामो वैवाहिक जीवन व्यतित गरेका व्यक्तिहरुमाझ सफल दाम्पत्य जीवन र घर तथा देह श्रृङ्गारका शन्देस बाँडिन्छ । यस कार्यक्रमका कतिपय अडियो फाइलहरु सुन्न वा डाउनलोड गरि संग्रह गर्न यहाँ क्लिक गर्नुहोस् ।
|
| PROGRAM - ANTARANGA |
PROGRAM - GHAZAL GANGA |
कार्यक्रम अन्तरङ्ग विशेषतः पाको वा धेरै उमेर भएका बाजे बज्यैहरुसंग कुराकानी गरिने कार्यक्रम हो । साप्ताहिक रुपमा हरेक मंगलबार विहान ८:०० देखि ८:३० सम्म सामुदायिक रेडियो माडी एफ.एम. १०७ दशमलव ६ मेगाहर्जमा प्रसारण हुने यस कार्यक्रममा अतिथीका रुपमा आउनुभएका बाजेबज्यै हरुसंग उहाँहरुको जीवन भोगाई, बाल्यकाल, युवाकाल, प्रेम र विवाह, अविष्मरणीय क्षण लगायतका सन्दर्भमा रमाइलो कुराकानी गरिन्छ । यस कार्यक्रमका कतिपय अडियो फाइलहरु सुन्न वा डाउनलोड गरि संग्रह गर्न यहाँ क्लिक गर्नुहोस् ।
|
कार्यक्रम गजल गंगा विशेषतः नेपाली हन्दी र उर्दु गजलहरू बज्ने तथा नेपाली गजल सिर्जनाहरू वाचन गरिने साँगितिक एवं साहित्यक कार्यक्रम हो । हरेक वुधवार राती ९:१५ देखि १०:०० को समयमा सामुदायिक रेडियो माडी एफ.एम. १०७ दशमलव ६ मेगाहर्जमा प्रसारण हुँदै आएको यस कार्यक्रमले स्थानीय गजल सर्जकहरुलाई उचित स्थान दिई प्रोत्साहन गरिरहेको छ भने गजल पारखी श्रोताहरुको गजल तथा नज्महरुको तिर्खा मेटिरहेको पनि छ । नारी हस्ताक्षर इन्दिरा दाहालले सञ्चालन गर्ने यस कार्यक्रमका कतिपय अडियो फाइलहरु सुन्न वा डाउनलोड गरि संग्रह गर्न यहाँ क्लिक गर्नुहोस् ।
|
|
|